धनुषामा प्रहरी र व्यापारीबीच झडप, ८ राउण्ड आश्रुग्याँस प्रहार


जनकपुरधाम । धनुषाको विदेह नगरपालिका ६ तिनकोरिया चोकमा हुलाकी सडक अवरुद्ध पारेका व्यापारी र प्रहरीबीच झडप भएको छ ।

तिनकौरीया चोकको पान पसलमा आगलागी भएपनि नजिकै रहेको प्रहरीले केहि गर्न नसकेको विरोधमा सडक अवरुद्ध पारेका व्यापारी र प्रहरीबीच झडप भएको हो । प्रहरीले जर्वजस्ती सडक खुलाउन खोज्दा झडप भएको बताइएको छ ।

झडपका क्रममा प्रहरीले ८ राउण्ड आश्रुग्याँस प्रहार गरेका छन् । झडपमा भने कुनै पक्षका कोही पनि घाईते भएनन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले सामान्य झडप भएको र प्रहरीले आश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार अहिले सडक सञ्चालनमा आएको छ । नगरपालिकाले जडान गरेको तर बिग्रेको सीसी क्यामरा मर्मत गराउने, प्रहरी दोषी देखिए कारबाही गर्ने र घटनाको छानविन गर्ने लगायतका सहमती समेत बनेको उनको भनाई छ ।

प्रकाशित : २०७८ चैत्र १३, आईतवार १५:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ