मधेसमा सबैभन्दा धेरै मतदान केन्द्र, कर्णलीमा सबैभन्दा कम


काठमाडाैं । आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको छ ।

मधेस प्रदेशमा चार हजार एक सय ८९ वटा मतदान केन्द्र तोकिएको छ । दोस्रो नम्बरमा वाग्मती प्रदेश रहेको छ । जसमा चार हजार ९५ वटा र तेस्रोे नम्बरमा प्रदेश १ रहेको छ । प्रदेश १ मा चार हजार ५१ मतदान केन्द्र रहेका छन् ।

यस्तै प्रदेशतर्फ सबैभन्दा कम मतदान केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेको छ ।

यस्तै दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा २१ सय तीन मतदान केन्द्र रहेको छ भने तेसो कम नम्बरमा गण्डकी प्रदेशमा २३ सय मतदान केन्द्र तोकिएको छ ।

जिल्लातर्फ भने सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा आठ सय २० र सबैभन्दा कम मनाङमा २८ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र १३, आईतवार २०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ