सर्लाहीका एसपी प्रसाईंलाई हटाइयो, यस्तो छ आरोप


काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सर्लाही प्रहरी प्रमुख एसपी परिवर्तन गरेको छ ।

सर्लाही जिल्ला पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईंलाई जिम्मेवारीबाट हटाएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बनाएको आचारसंहितामा सामान्तयाः एक वर्ष अवधि पूरा नभइ कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो ।

तर आर्थिक अनियमिततामा मुछिए जुनसुकै वेला हटाउने सकिने भनिएको थियो । तर प्रसाईंलाई जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहसँगको विवादसँग जोडेर हटाइएको एक प्रहरी अधिकृतले बताए ।

उनका अनुसार शाहमाथि शनिबार आक्रमण भएपछि जसपा एसपी प्रसाईंसँग रुष्ट थियो । प्रसाईंलाई हटाएपछि उनको ठाउँमा एसपी प्रविण पोखरेललाई पठाइएको छ ।

प्रकाशित : २०७८ चैत्र १६, बुधबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ