पाँच लाख पाउन्डमा लिलाम ऐतिहासिक पेन्टिङ


लन्डन । सन् १७८० मा भारतीय शासकहरुले तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीका फौजमाथि यु- द्धमा विजय हासिल गर्दै गरेको ऐतिहासिक क्षण सम्झाउने खालको पेन्टिङ वेलायतको राजधानी लन्डनमा लिलाम भएको छ ।

लिलाम गृह सोथेवीले ६ लाख ५८ हजार अमेरिकी डलरमा यो पेन्टिङ लिलाम गरेको छ । यो पेन्टिङ तत्कालीन मैसुर अधिराज्यका सुल्तान हैदर अली र उनका पुत्र टिपुले पोल्लीलुरको चर्चित यु- द्धमा कम्पनी फौजलाई पराजित गरिरहेका चित्र कोरिएका छन् ।

सन् १७९९ मा यु- द्धमा पराजित भएर मारिनु अघिसम्म कम्पनी फौजको सबैभन्दा भयानक शत्रु टिपु ‘मैसुरको बाघ’को नामले पनि चिनिने गर्दथे ।

इतिहासकार विलियम डाल्मिपलले उपनविशवादलाई पराजित गरेको यो पेन्टिङ भारतकै सबैभन्दा महान चित्र भएको प्रतिक्रिया जनाएको छ । साथै उनले यो कम्पनी फौजको सबैभन्दा नराम्रो पराजय भएको र यसले भारतमा ब्रिटिस इन्डियाको शासन नै झण्डै अन्त्य गरेको स्मरण पनि गरेका छन् ।

सन् १७८४ मा टिपु आफैंले पहिलो पटक सो यु- द्धका दृश्यहरु कोर्न लगाएका थिए । दक्षिणी भारतको मैसुरको त्यतिवेलाको राजधानी श्रीरंगपत्नामको दारिया दौलत बागस्थित आफ्नो दरवारका भित्ताहरुमा टिपुले ती यु- द्धका दृश्यहरु कोर्न लगाएका थिए ।

ती दृश्यहरु कम्तिमा दुईपटक रंग र मसी भरेर कागजमा पनि कोर्न लगाइएको थियो । ति मध्ये एउटा पेन्टिङ सन् २०१० मा लिलाम भएको थियो । त्यसलाई कतारस्थित म्युजियम अफ इस्लामिक आर्टले खरिद गरेको थियो । बीबीसी

प्रकाशित : २०७८ चैत्र १७, बिहीबार ०७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ