Sad News: जनकपुरमा स्कुल बसको ठक्करले एक पुरुषको मृत्यू


जनकपुरधाम । स्कुल बसको ठक्करबाट जनकपुरधाम १४ खाद्य संस्थान अगाडी आज विहान एक पुरुषको मृत्यु भएको छ ।

जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको पुष्पबाटिका स्कुल बसको ठक्करबाट क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका करिब ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।

प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरे ।

दुर्घटनालगत्तै फरार ठक्कर दिने स्कुल बसका चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र १७, बिहीबार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ