सशस्त्र प्रहरी बस्दै आएको विद्यालयमा CCTV को तार काटेर चोरी


सुरेन्द्र सिंह/ बर्दिबास, १ कार्तिक । महोत्तरीको बर्दिबास नगरपालिका ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनारझुल्लामा निगरानीका लागि सीसीटिभी (CCTV) क्यामेरा जडान भएपनि चोरी भएको छ ।

चोरले पहिले सीसीटिभी क्यामेराको तार काँटे र पछि चोरी गरेको देखिएको छ । अचम्म त के भने चोरी भएको विद्यालय परिसरमै सशस्त्र प्रहरी बेश क्याम्प छ । तरपनि चोरी भएपछि स्थानीय आश्चर्यचकित भएका छन् । घटना बुधवार रातिको हो ।

विद्यालयको कम्पुटर कक्षाबाट १५ वटा कम्पुटर, प्रोजेक्टर १ थान र मल्टिबोर्ड १ थान चोरी भएको छ । विद्यालयको अगाडी सीसीटिभि क्यामेरा संचालन रहेपनि त्यो सीसीटिभि क्यामेरामा केहि चहलपहल नदेखिएको प्रहरी कार्यालय चोलिखाका असई रामइश्वर महतो बताउँछन् ।

चोरले ताल्चा फुटाएर चोरी पश्चात पुनः अर्को ताल्चा लगाएर चलाखी गरेका छन् । विधालयको परिसरमा शसस्त्र प्रहरी व्यस क्याम्प रहेपनि चोरी भएको छ । विद्यालयमै सशस्त्र प्रहरी बस्दै आएपनि चोरी हुनुले स्थानीयमा त्रास पैदा भएको छ ।

विगत केहि दिन देखि बर्दिबास नगरपालिका–९ स्थित पशुपतिनगरमा आपराधिक गतिविधि बढ्दै आएको छ । केहि दिन यता मात्रै पशुपतिनगरमा छिनोछोरको घटना भएको थियो ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार ००:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ