सिरहा : वडाध्यक्ष यादवको निधन


जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ११ का वडा अध्यक्ष रामदेव यादवको आज विहान निधन भएको छ ।

५२ वर्षीय यादवलाई एक महिनाभित्रै दुई पटक हृदयघात भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । उनका अनुसार एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो ।

उपचार गराएर घर आएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो । हृदयघात भएपछि उनलाई उपचारका लागि वी. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको नगरप्रमुख साहले बताए ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यादव नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै अन्तिम संस्कार गरिनेछ । वडा अध्यक्षको निधन भएपछि शुक्रबार नगरपालिकाभित्र शोक विदा दिइएको नगर प्रमुख साहले बताए ।

प्रकाशित : २०७८ चैत्र १८, शुक्रबार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ