समयमा पुल निर्माण नगर्ने ठेकेदारमाथि कारबाही हुन्छ : मन्त्री यादव


जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सयमा पुल निर्माण नगर्ने सबै ठेकेदारको सूची तयार पारेर कारबाही गर्ने चेतावनी दिएकी छन् ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ५ बहेडाबेला टोलस्थित कुकुरधारी नदीको पुलको उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएकी हुन् । उनले आफू मन्त्री बनेपछि यो पुलको निर्माण गराएको भन्दै देशभर यस्ता हजारौं पुल अलपत्र रहेको बताइन् ।

‘२/३ वर्षमा पुल निर्माण गर्नेगरी ठेक्का लिन्छन्’, उनले भनिन्, ‘तर १० वर्ष वित्दा पनि निर्माण पुरा भइरहेको छैन । ठेकेदारले रुपैयाँ उठाएर निजी काम गर्छन् । यस्ता ठेकेदारहरुलाई अब कारबाही हुन्छ ।’ यो पुल समयमा निर्माण गरेकाले काठमाडौंमा ठेकेदारलाई सम्मान गर्ने वाचा गरिन् ।

मन्त्री यादवले सडक, स्वास्थ्य र शिक्षाको विकास नभएसम्म देश तरक्की गर्न नसक्ने बताइन् । जसपा नेतृ समेत रहेकी उनी मुठीभरका व्यक्तिले योजना बनाउने गरेका कारण अहिले पनि मधेसका धेरै नदीमा पुल निर्माण नभएको गुनासो गरिन् ।

प्रकाशित : २०७८ चैत्र १८, शुक्रबार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ