Breaking : बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड


धनगढी । अस्पतामा उपचाररत बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् ।

चिकित्सककाे लापरबाहीका कारण शुक्रबार साँझ उपचार गर्न आएका बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियाे ।

बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेकाे प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

मृतकका आफन्तले ढुंगा प्रहार गर्दा अस्पतालका सीसा फुटेको छ । अस्पताल परिसरमा तनाव सृजना भएको छ । मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

बिरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । अस्पतालकाे तनावग्रस्त स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ । – देशसंचार

प्रकाशित : २०७८ चैत्र १९, शनिबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ