नेपाल-भारतको जस्तो मित्रता विश्वमा कतै छैन : मोदी


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत परापूर्वकालदेखि एकअर्काको सुख दुस्खको साथी भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा संयुक्त रुपमा गरेको पत्रकार सम्मेलमा बोल्दै उनले भने, ‘नेपाल र भारतको मित्रता, हाम्रा जनताको आपसी सम्बन्ध, यस्तो उदाहरण विश्वमा कतै छैन । हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो आदानप्रदानका सूत्रहरू प्राचीन कालदेखि नै जोडिएका छन् ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्री देउवाजी र मैले सबै हिसाबले व्यापार र सीमापार कनेक्टिभिटी पहललाई प्राथमिकता दिन सहमत भएका छौं । जयनगर–कुर्था रेलमार्गको शुरुवात यसैको एउटा हिस्सा हो ।’

यस्ता योजनाले दुई देशका जनताको सहज र झन्झटमुक्त आदानप्रदानमा ठूलो योगदान पुर्‍याउँने विश्वास व्यक्त गरे । नेपालमा ‘रुपे’ कार्डको सुरुवातले दुई देशको वित्तीय सम्पर्कमा नयाँ अध्याय थप्ने बताए ।

प्रकाशित : २०७८ चैत्र १९, शनिबार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ