भोलीदेखि मुस्लिम समुदायको रमजान सुरु हुने


जनकपुरधाम । इस्लाम धर्मालम्बीहरुको चाड रमाजान पर्व भोली आइतवारदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदायहरु दिनमा निराहार बस्छन् ।

रमजान महिनामा सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान व्रत बस्न साँझ चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

प्रकाशित : २०७८ चैत्र १९, शनिबार १४:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ