मधेसमा पनि चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको कसरत, भोली बैठक बस्ने


जनकपुरधाम । मधेस प्रदेशका पालिकाहरुमा पनि चुनावी तालमेल गर्न सत्ता गठबन्धनमा सहभागी चार दलको बैठक डाकिएको छ ।

चुनावी तालमेलको विषयमा छलफल गर्न जनकपुरधामस्थित नेपाली काँग्रेसको प्रदेश कार्यालयमा आइतबार दिउँसो १२ बजे बैठक बस्न लागेको जसपा मधेसका अध्यक्ष रामबाबु यादवले जानकारी दिए । उनका अनुसार बैठकमा चारै दलका अध्यक्ष र केहि शिर्ष नेताहरु सहभागी हुनेछन् ।

बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छ । सो निर्णयपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडी बढाएको छ ।

मधेस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगरपालिका गरी १३६ पालिका छन् । केन्द्रमा सहमती बनेपनि मधेसमा गठबन्धन गर्न ठूलो चुनौती देखिएको नेताहरु बताउछन् ।

प्रकाशित : २०७८ चैत्र १९, शनिबार १६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ