जनकपुरमा प्रचण्ड, शहीद रामवृक्ष यादवको शालिक अनावरण गर्ने


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै जनकपुर गएका छन् ।

शहीद रामवृक्ष यावदको शालिक अनावरण गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृति सभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।

तत्कालीन नेकपा माओवादीले १० बर्से सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको ह- त्या भएको थियो ।

पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको ह- त्या भएको थियो ।

प्रकाशित : २०७८ चैत्र २०, आईतवार ०९:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ