ग्याँस पड्केर आगलागी, तीन बालबालिकाको मृत्यु


सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी भएको छ । उक्त घटनामा तीन बालबालिकाको मृत्यु भएको हो ।

लामाटोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको थियो । ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङ को साढे २ वर्षकी छोरी दिव्या तामाङको मृत्यु भएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए ।

आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको तामाङले बताएका छन् । मिनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको बताइएको छ । घटना आईतवार बेलुकी ७ बजेतिर भएको थियो । घटनाबाट भएको थप क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र २१, सोमबार ०६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ