डाक्टर यादवको मृत्यू प्रकरण : सत्य, तथ्य पत्ता लगाउन अस्पतालको माग


विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ ।

नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् ।

नोवेल अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत डा. विजय कुमार यादवको शव विराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रूपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशीघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन विज्ञप्तिमा माग गरिएको छ ।

उनी लगनशील र मिलनसार स्वाभावका भएको स्मरण गर्दै उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ । डा. यादव विराटनगर ४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । शनिवार बिहान करिब ६ बजे सोही घरको कम्पाउण्डको आँगनमा घोप्टो परेर लडेको र शरीरबाट र-गत ब-गिरहेको अवस्थामा उनी मृत भेटिएका थिए ।

डा. यादवको ह- त्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि ह- त्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।

प्रकाशित : २०७८ चैत्र २१, सोमबार ०६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ