धनुषाकी एक उपमेयर र शहीद रामवृक्षका भाइ एमालेमा प्रवेश


काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमालेमा प्रवेश गरेकी हुन् ।

सोही कार्यक्रममा माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन् । उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित : २०७८ चैत्र २१, सोमबार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ