वैशाख २ देखि भद्रपुर-पोखरा सिधा उडान हुने, भाडा कति ? हेर्नुस्


काठमाडौं । बुद्ध एयरले वैशाख २ गतेदेख भद्रपुर- पोखरा दैनिक उडान गर्ने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ ।

पोखराबाट भद्रपुर दिउँसो १: २५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने बुद्ध एयरले जनाएको छ । यस उडानबाट स्वदेशी मात्रै नभई भारतीय पर्यटक समेत लाभान्वित हुने कम्पनीको भनाइ छ ।

सीमापारि सिलगुढी, दार्जिलिङ, सिक्किमबाट पर्यटक पोखरा भित्रिन सहज हुनेछ बुद्ध एयरले जनाएको छ । भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज समेत ल्याएको छ ।

एयरले काठमाडौं बाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ । यसअघि नै भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट पोखरा सिधा उडान विस्तार गरिसकेको छ ।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।

प्रकाशित : २०७८ चैत्र २१, सोमबार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ