कार्यक्रममै बेहोस् भए महन्थ ठाकुर, हेलिकप्टरमा काठमाडौं लगियो


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।

पार्टी कामको सिलसिलामा भैरहवा पुगेका ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उनलाई भैरहवाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । नेता राजेन्द्र महतो पनि ठाकुरसँगै थिए ।

रुपन्देहीको भैरहवामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ठाकुर बेहोस भएका थिए । सुरूमा ठाकुरलाई स्थानीय भीम अस्पतालमा भर्ना गरिएको थियो ।

‘अवस्था बिग्रिँदै गएपछि काठमाडौं लगिएको हो । ज्वरो आएको र काप्न थाल्नुभएको थियो’, लोसपा नेता महेन्द्र गुप्ता ‘प्रशान्त’ ले जानकारी दिए ।

हाल उनको ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचार थालिएको पार्टी स्रोतले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र २३, बुधबार १५:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ