शहिद गेट उद्घाटन गर्न सिरहा आउँदै प्रचण्ड


टुडेखोज, लहान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा आउने भएका छन् ।

सिरहाको मिर्चैया नगरपालिकामा शहिद रामप्रताप साहको नाममा बनेको गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । उनी आज मध्यान्ह शहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी नेता जीवछ यादवले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष प्रचण्डको सम्बोधन पनि गर्नेछन् । शहिद साहकी श्रीमती जीवछीदेवी मिर्चैया नगरपालिकाको उपमेयर छिन् ।

प्रकाशित : २०७८ चैत्र २४, बिहीबार ०८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ