जनकपुर सहित मधेसका जिल्लाहरुमा धुमधामसंग मनाइयो चैती छठ


जनकपुरधाम । जनकपुरसहित मधेसका जिल्लाहरुमा धुमधामसंग चेती छठ मनाइएको छ ।

आज उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत सम्पन्न भयो । चैती छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर, धनुष सागर, गोड धोय पोखरी, र रत्न सागर पोखरी लगायत जलाशयमा श्रद्धालुहरुको भिँड लागेको थियो ।

सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ मनाइने गर्छन् ।

कात्तिकमा मनाइने छठको जस्तै चैती छठको पनि हरेक वर्ष विस्तार हुँदै गएको छ ।

प्रकाशित : २०७८ चैत्र २५, शुक्रबार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ