नेता चौधरीले बाँडे विपन्न वस्तीमा झुल


धर्मेन्द्र पासवान, लहान । सिरहाको लहान नगरपालिकाका समाजसेवी महेश चौधरीले लहान नगरपालिका-२२ बेलीको दलित र विपन्न वस्तीमा १ सय झुल वितरण गरेका छन् ।

बढ्दो गर्मीमा लामखुट्टेको टोकाईबाट लाग्ने सम्भावित रोगहरुबाट कोही कसैलाई केहि नहोस भनेर झुल वितरण गरिरहेको चौधरीले बताए । नेपाली काँग्रेस सिरहा -१ का क्षेत्रीय सभापति र समाजसेवी चौधरीले स्वर्गीय पत्नी संगीता कर्माचार्यको नाममा स्थापना गरेको संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा झुल वितरण गरिरहेको छ ।

प्रथम चरणको कोरोना महामारीबाट विश्व नै आतंकित भएको बेला देखि नै महेश र संगिताले आफ्नो व्यक्तिगत लगानीमा विपन्न, दलित, गरिब, असहाय, अपांग, एकल महिलाहरुलाई राहत वितरण गर्न सुरु गरेका थिए ।

बैशाख २८ गते आमाको मुख हेर्ने दिन लहान नगरपालिका-१३ नं. वडाका मागेर खाने र एकल महिला सानो तिनो चियापसल गर्ने २१ जना महिलाहरुलाई श्रीमान श्रीमती मिलेर नै साडी बाँडेको थियो, त्यही दिन देखि नै महेशकी श्रीमती संगिता बिरामी भएकी थिइन् ।

राहत वितरण गर्ने बेलामा कोबाट कसरी कोरोना सर्‍यो भने थाहै नपाइ उपचारको क्रममा संगिता कर्माचार्यको निधन २०७८ जेष्ठ २२ झापाको एक अस्पतालमा भएको थियो ।

सिरहाको लहान नगरपालिका निवासी समाजसेवी महेश चौधरीको श्रीमतीको देहावसान २०७८ जेष्ठ २२ गतेमा भएकोले श्रीमती संगिता कर्माचार्यको नामबाट प्रत्येक महिनाको २२ गते थोरै भएपनि केही न केही बाँड्ने घोषणा गरि, राहत वितरण कार्यलाई भने निरन्तरता दिंदै आएको छ ।

सकेसम्म कुनैपनि मान्छेले खाना खान नपाएर मर्न नपरोस्, लहान नगरपालिका क्षेत्र भित्रका गरिब, दलित, असहाय, अपांग, एकल महिला तथा सामाजिक रुपले पछाडि पारिएकालाई राहत बाड्न कहिले पनि पछाडि नपर्ने समाजसेवी चौधरीको धारणा रहेको छ ।

प्रकाशित : २०७८ चैत्र २५, शुक्रबार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ