गाउँपालिका अध्यक्ष यादवले एकैदिन गरे रिङ्गरोड, अस्पताल र प्रशासनिक भवनको शिलान्यास


जयनाथ यादव, लहान । सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकामा एकैदिन ३ वटा विकास निर्माणको योजनाको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवले रि∙रोड, गाउँपापिलकाको प्रशासनिक भवन र आधारभुत अस्पताल भवनको शिलान्यास गरेका छन् । रि∙रोड सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत संयुक्त लगातमा निर्माण हुनेछ । रि∙रोड निर्माणको ठेक्का समेत लागिसकेको छ ।

अध्यक्ष यादवले रि∙रोड आयोजनाको लागत रकम ४ करोड २५ लाख ४५ हजार ४५७ रुपैया भ्याट र पि.एस. समेत रहेको बताए । उनका अनुसार उक्त आयोजना निमार्ण २४ महिनामा सम्पन गर्ने सम्झौता गरिएको छ ।

यस्तै गाउँपालिकाको प्रशासनिक भगवन वडा नम्बर ४ खैरवोना चोकमा बन्ने भएको छ । पूजापाठ गरी अध्यक्ष यादवले शिलान्यास गरिएको प्रशासनिक भवन ५ करोड ७९ लाख १४ हजार ४३ रुपयाँ ७९ पैसामा निर्माण हुनेछ । २४ महिनामै निर्माण पुरा गर्ने सम्झौता भएको छ ।

यस्तै सखुवान्नकारकट्टी गाउँपालिकाकै एक जनाले १० कट्ठा दान दिएको जग्गामा आधारभुत अस्पताल निर्माण हुने भएको छ । दाताकै नामबाट अस्पतालको नाम शंकरीया पतासी फुसियाही आधारभुत अस्पताल रहने बताइएको छ । उक्त आयोजनाको पनि अध्यक्ष यादवले शिलान्यास शुक्रवार नै गरे ।

गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष महेन्द्र प्रसाद यादवले अहिलेको जनप्रतिनिधिहरुको ठुलो सपनाको रुपमा रि∙रोड रहेको बताए । उनले पालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन पनि निर्माण गर्ने कार्य प्राथमिकतामा रहेको सुनाए । उनले जनताले विश्वास गरेर आफूहरुलाई निर्वाचित गरेकाले सोही बमोजिम कामहरु गरेको र गरिरहेको दावी गरे ।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवले शिलान्यास गरिएको तीनै आयोजनाबाट जनताले प्रत्यक्ष रुपमा लाभ लिने बताए । उनले चुनावी प्रतिवद्धता भन्दा पनि अगाडी सोचेर कामहरु ग्रिरहेको बताए । अन्य गाउँपालिकाले ५ वर्षपछि सोच्छ तर आफूहरु त्यो काम गरिसकेको हुन्छौं– उनले भने ।

प्रकाशित : २०७८ चैत्र २६, शनिबार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ