एमाले विरुद्ध देशभर तालमेल गर्न ५ दलीय गठबन्धनको अपिल


काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विरुद्ध देशैभर तालमेल गर्न कार्यकर्तामा अपिल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशै भर अवस्था अनुसार चुनावी तालमेल गन र आपसी सहकार्य गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेको हो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गर्दै जारी गरिएको अपिलमा हिजोका सबै मतभेद बिर्सेर चुनावमा गठबन्धन आबद्ध उम्मेदवारलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरिएको छ ।

गठबन्धनले सत्तारुढ दलका साझा उम्मेदवारलाई मतदान गर्न पनि कार्यकर्तालाई आग्रह गरेको छ । पाँच दलका शीर्ष नेताहरूले हस्ताक्षरित अपिलमा गठबन्धन आबद्ध दलहरूबीच निर्वाचनमा सहकार्य गर्ने संकल्प पनि गरिएको छ ।

प्रकाशित : २०७८ चैत्र २८, सोमबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ