देउवा नेतृत्वको सरकार जनताका लागि जिउँदो लासजस्तै भयो !


बझाङ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार जिउँदो लासजस्तै भएको टिप्पणी गर्दै जनताले यसलाई विस्थापित गर्न चाहेको बताएका छन्।

उनले परमरादेशी सरकार जनताका लागि बोझ भएको र भन्दै चर्को आलोचनासमेत गरेका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ । परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहेका छन्।’

उनले जनसभालाई सम्बोधन गर्दै वर्तमान सरकारले राष्ट्रियता र विकासको विरोध गरिरहेकोसमेत आरोप लगाएका छन् । उपाध्यक्ष पौडेलले आगामी निर्वाचनमा एमालेले कुनै हालतमा बहुमत ल्याउने जिकिर गरे ।

उनले विगतमा यस्ता गठबन्धन धेरै पटक देखेको भन्दै बहुमतका लागि केहीले रोक्न नसक्ने दाबी गरे । एमालेले बहुमतका सरकार बनाएर आगामी दिनमा विकासलाई निरन्तरतरा दिने पनि उनको भनाइ छ ।

‘यस्ता गठबन्धन एमालेले धेरै पटक देखेको छ । हाम्रो विजयलाई जस्तासुकै गठबन्धनले पनि रोक्न नसक्ने सक्दैन । उनले काँग्रेस र माओवादीलाई ‘एक्लै चुनाव लड्ने हिम्मत छ ?’ उनले भने ।

प्रकाशित : २०७८ चैत्र २८, सोमबार १७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ