हंसपुरकी उपमेयर लोसपा त्यागेर जसपामा प्रवेश, उपेन्द्र यादवले गरे स्वागत


जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेकी छन् ।

उपमेयर झालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । झा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उपमेयरमा निर्वाचित भएकी छन् । अहिले लोसपामा उनी सक्रिय थिइन् ।

हंसपुरमा मेयरमा रामज्ञान मण्डल समेत तत्कालिन राजपाबाटै निर्वाचित भएका छन् । उपमेयर र मेयर एउटै पार्टीमा रहेपनि उनीहरुबीच बर्षौंसम्म बोलचाम बन्द थियो ।

नगरपालिकाको केन्द्र विषयमा उनीहरुबीच चलेको विवादमा झडप हुंदा एक जनाको मृत्यु समेत भएको थियो । सो घटनामा मेयर मण्डल र उपमेयर झा एक अर्कामाथि मुद्दा झेलेका हुन् । विकास निर्माणको सवालमा समेत उनीहरुबीच विवाद चल्दै आएको थियो ।

जसपा अध्यक्ष यादवले आजै तत्कालिन राजपाबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका ६ का वडाध्यक्ष जगरनाथ साहसहितलाई पार्टीमा प्रवेश गराएका छन् ।

प्रकाशित : २०७८ चैत्र २९, मंगलवार १८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ