Sad News : जीप दुर्घटनामा २ प्रहरीको मृत्यु


ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६, भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवशींको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य सातजना घाईते भएका छन् । घाईते भएका प्रहरी निरिक्षक ऋषिराज ढकाल, हवल्दार भुपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक एवम् प्रहरी प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार अन्य घाइतेको उदयपुरको घुर्मी स्थित जनसेवा हेल्थकेयर र आस्था लाईफ हेल्थकेयरमा उपचार भइरहेको छ ।

दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरीहरु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र ३०, बुधबार १४:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ