मधेस : भारततर्फ लग्दैगर्दा सशस्त्र प्रहरीले गरे ४ महिलाको उद्धार


जनकपुरधाम । सर्लाहीबाट सशस्त्र प्रहरीले भारततर्फ लैजान लागिएको चेलीबेटीको उद्धार गरेको छ ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित बिओपी त्रिभुवननगर नाकाबाट सशस्त्र प्रहरी निरीक्षक उषव बिष्टको नेतृत्वमा खटिएको टोलीले ४ जनालाई उद्धार गरेको हो ।

नेपालबाट भारततर्फ जान लागेका महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ पाइएपछि सोधपुछ गरेर सर्लाहीको मलङ्गवास्थित माईती नेपाललाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

माइती नेपालका प्रमुख अमित यादवका अनुसार ईलामा, बर्दिया, रुपन्देही र पाँचथरका ४ जना महिलाहरुको उद्धार गरिएको हो ।

प्रकाशित : २०७८ चैत्र ३०, बुधबार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ