ओलीले भने- एमाले पहाडियाको होइन, मधेसीको पार्टी हो


इनरुवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेसीको पार्टी भएको बताएका छन् ।

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले प्रवेशको लहर मधेसमा चलेको उल्लेख गर्दै एमाले मधेसीको पार्टी भएको बताए ।

उनले भने, ‘एमाले पहाडियाको पार्टी होइन । एमाले मधेसीको पार्टी हो ।’ उनले एमाले विरोधी पार्टी भएको भन्नेहरूलाई गलत साबित गर्न एमाले प्रवेशको लहरले उत्तर दिएको बताए ।

एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए ।

सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए । ११ लाख सुकुम्वासीलाई धन पुर्जा दिने एमाले तयारी हुँदा गठबन्धनको सरकार बनेर असम्भव भएको ओलीले बताए ।

प्रकाशित : २०७८ चैत्र ३०, बुधबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ