मधेस : गो-ली लागेर घाईते युवकको मृत्यु


वीरगञ्ज । बारा जिल्लामा गो-ली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ का २८ वर्षीय सागर सिंजालीको मृत्यू भएको छ । वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको उनको उपचारकै क्रममा आज विहान मृत्यू भएको प्रहरीले जनाएको छ ।

बुधबार राती गाउँका अन्य युवाहरूसँगै नजिकैको धर्मनगरस्थित बालगङ्गा नदीमा पुगेका मगर शिकारीले चलाएको गो- लीबाट ति युवक घाइते भएका थिए ।

मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ बैशाख १, बिहीबार ११:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ