बढ्यो सार्वजनिक यातायातको भाडा


काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक सवारी र ट्याक्सीको भाडा बढेको छ । मन्त्रीस्तरीय निर्णयबाट आजदेखि लागू हुने गरी भाडा बढाइएको हो ।

काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटर भन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : २०७९ बैशाख १, बिहीबार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ