जनकपुरधामको मेयरमा जनमत पार्टीबाट महिला उम्मेदवार अनिता साह भिड्ने


जनकपुरधाम । सीता नगरी भनेर चिनिने जनकपुरधाममा जनमत पार्टीले महिलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिव अनिता साहलाई जनकपुरधामको मेयरको उम्मेदवार बनाएको जनमत पार्टीले जनाएको छ । साह पार्टीकी केन्द्रीय सचिव हुन् ।

सीता नगरीमा मौजुद भ्रष्टाचारी रावणराज अन्त्य गर्न महिलालाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । उनले सचिवालयको पेजमार्फत् भ्रष्टाचारी रावणराज, ठेकेदार राजको अन्त्य गर्न तथा ढिलासुस्ती र फोहोरको नामोनिशान मिटाउनका लागि महिला मेयरलाई जिताउन अपिल गरेका छन् ।

जनकपुरधामलाई आदर्श नगरी बनाउने भन्दै अध्यक्ष डा. राउतले जनमत पार्टीलाई एक पटक मौका दिए चमत्कार गरेर देखाउने उल्लेख गरेका छन् ।

प्रकाशित : २०७९ बैशाख ६, मंगलवार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ