श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट मेयरमा सिफारिस


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन् ।

मेयरमा सिफारिस भएकी उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन् । यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ।

त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन् । उनका श्रीमान नेकपा एकीकृत समावादीबाट बागमती प्रदेशका मन्त्री छन् । उनी खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नेकपा एमाले विभाजन भएसँगै उनका पति मानन्धर माधव नेपालको पार्टी रोजेका थिए भने श्रीमती एमालेमै रहेकी थिइन् ।

श्रीमान एकीकृत समाजवादी पार्टीबाट मन्त्री र श्रीमती नेकपा एमालेबाट मेयरमा सिफारिस भएपछि दुवैको आलोचना भइरहेको छ । – अन्नपूर्ण

प्रकाशित : २०७९ बैशाख ७, बुधबार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ