Breaking : सिरहामा जन्ती बोकेको बस र टिपर ठोक्कियो, ३१ जना घाइते


जनकपुरधाम । सिरहाको गोलबजारमा जन्ती बोकेको बस र टिपर आपसमा ठोकिदा ३१ जना घाईते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको ना. ६ ख. ८२०१ नम्वरको बस र को. १ ख. ५४३४ नम्वको टिफर आपसमा ठोकिएको हो । स्थानीयका अनुसार विपरित दिशाबाट आईरहेको टिपर बसमा ठोकिएपछि दुर्घटना भएको छ ।

दुर्घटनामा बस र टिपरका चालक र बसमा सबार जन्ती गरी ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय र प्रहरीले स्थानीय लाईफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा भर्ना गराएका छन् ।

दुर्घटनामा घाईते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए । सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको जन्तीको बस दुर्घटनामा परेको उनको भनाई छ ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार ११:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ