करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् सूर्य कुमारी


काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै ‘सूर्य कुमारी’ राखेकी छन् ।

केही समयअघि मात्र एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् । पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै उनले भनेकी थिइन्- मेरो न्वारानको नाम पनि सूर्य कुमारी हो ।

यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो । अहिले आएर उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी छन् ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार १५:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ