वीरगञ्जका मेयर सरावगीले दिए राजिनामा, पुन: मेयरमा लड्ने


जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाको प्रमुख बिजय सरागगीले पदबाट राजिनामा दिएका छन् ।

सरावगीले महानगरका प्रमुख कार्यकारी अधिकृत निष्छल राज पाण्डे समक्ष राजीनामा बुझाएका हुन् । सरावगी जसपाबाट महानगर प्रमुखमा निर्वाचित भएका थिए ।

केहि दिन अगाडी मात्र एमालेमा प्रवेश गरेका उनलाई पुन: महानगर प्रमुखको टिकट दिने भएपछि पदबाट राजिनामा दिएको बुझिएको छ । सरावगी दुई दिन अगाडी नै सरकारी गाडी बुझाएका थिए ।

मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये धेरै जनप्रतिनिधि पुन: लड्ने निश्चित भएपनि अहिलेसम्म राजीनामा बुझाएका छैनन् ।

प्रकाशित : २०७९ बैशाख ९, शुक्रबार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ