माओवादी मधेस प्रदेश सदस्य यादवद्वारा पार्टी परित्यागको घोषणा


रौतहट । नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य सुधीर यादवसहितका कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

रौतहटको गरुडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा २०५९ सालदेखि माओवादी प्रदेश कमिटीमा रहेको तर नेतृत्वको स्वार्थको कारण पार्टीले सम्पूर्ण सिद्धान्त छोडेको यादवले बताए ।

माओवादीको रणनीतिक उद्देश्य भनेको समाजवाद, साम्यवाद स्थापना नभएसम्म हतियार फाल्नु पर्ने थिएन । तर अध्यक्ष प्रचण्डको कारण हतियार फालिएको उनले आरोप लगाए । उनले माओवादी जनयुद्धको उपलब्धि शून्य भएको जिकिर गरे ।

माओवादी पार्टीको उद्देश्य अनुसार निर्वाचन प्रणाली अनुकूल नभएको उनको भनाइ छ । यही बुर्जुवा निर्वाचन प्रणालीमा अध्यक्ष प्रचण्ड रुमली रहेको उनले जिकिर गरे । उनले अब स्वतन्त्र वामपन्थीको रूपमा जीवन बिताउने बताए ।

प्रकाशित : २०७९ बैशाख १४, बुधबार २०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ