नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर, एक वर्षमा बढ्यो १६ हजार रुपैयाँ


काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो ।

केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७/७८ मा प्रतिव्यक्ति आय १२३९ अमेरिकी डलर रहेको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा भने प्रतिव्यक्ति आय ११५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो ।

जसअनुसार यस वर्ष आर्थिक वृद्धिदर सरकारले लिएको लक्ष्यको तुलनामा केही कम हुने गरि ५.८४ प्रतिशत कायम हुने देखिएको छ ।

प्रकाशित : २०७९ बैशाख १५, बिहीबार १६:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ