सिरहाका २ पत्रकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउदै, महासंघले सोध्यो स्पष्टिकरण


धर्मेन्द्र पासवान, लहान । आसन्न स्थानीय तहको चुनावमा पार्टीको लागि प्रत्यक्ष रूपमा र सामाजिक संजालमा कुनै विशेष पार्टीको लागि मत मागेपछि नेपाल पत्रकार महासंघ सिरहा कार्यसमितिले सिरहाका २ जना पत्रकारलाई स्पष्टीकरण सोधेको छ ।

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा, निष्पक्ष एवं तटस्थ संस्था भएको जानकारी गराउँदै यसको महिमा आँच आउने गरि नेपाल पत्रकार महासंघ सिरहाका सदस्यहरु जिबछ यादव (उदासी) र फिरोज सिद्दिकीले पत्रकारको आचारसंहिता उलंघन गरेपछि स्पष्टीकरण सोधेको छ ।

पत्रकारद्वय यादव र सिद्दिकीको बारेमा महासंघ सिरहामा धेरै नै गुनासो गएपछि गम्भीर ध्यानाकर्षण भएको भनी विज्ञप्ति सहित किन कार्वाही नगर्ने सम्बन्धमा स्पष्टीकरण सोधेको छ । उनीहरूलाई २ दिन भित्र नेपाल पत्रकार महासंघ सिरहाको कार्यालय सिरहा सदरमुकाममा लिखित स्पष्टीकरण सहित उपस्थित हुन विज्ञप्तिमा भनिएको छ ।

साथै सिरहा भरिका अन्य पत्रकारहरुलाई निर्वाचनको संयमित भएर पत्रकारको आचारसंहिता पालन गरेर मर्यादित पत्रकारिता पेशाको शाख जोगाइ दिन समेत आह्वान गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति काठमाडौंको केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा २०७९ वैशाख ८ गते भर्चुअल माध्यमबाट केन्द्रिय समिति पाँचौ बैठकबाट पनि आसन्न स्थानीय निर्वाचनमा महासंघमा आवद्ध लगायत क्रियाशील पत्रकारहरुलाई आचारसंहिताको पालना गर्न तटस्थ को भूमिका निर्वाह गर्न अपिल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : २०७९ बैशाख १५, बिहीबार १७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ