भोट माग्ने क्रममा बालिकामाथि दुर्व्यवहार, माओवादी नेता पक्राउ


काठमाडौं । ११ वर्षीया बालिकालाई यौ- न दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका ३ धारापानीका ३५ वर्षीय गणेश बिक रहेका छन् । पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेबा बिक माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत छन् । बिहीबार स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवे- दनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सई कासीराम बुढाले बताए । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ