गाँजा र लागुऔषधसहित तीन जना पक्राउ


वीरगञ्ज । गाँजा र लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले १५० किलो गाँजासहित भारत बिहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायत भटवलिया बस्ने अजित पासवान र रामदर्शन महतोलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका–१० नीलकण्ठवा टोलस्थित नेपाल–भारत सीमा नजिकैबाट नेपालबाट भारततर्फ गाँजा लगिरहेको समूह प्रहरीलाई देखेपछि गाँजा फालेर फरार भएको थियो। तिनैमध्ये दुई जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए ।

यसैगरी, ६० पिस लागुऔषध निट्राभेट ट्याबलेटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–४ स्थित सडकमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने २० वर्षीय अनिष श्रेष्ठलाई पक्राउ गरिएको डिएसपी थापाले बताए ।

गाँजा र ट्याबलेटसहित पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार १३:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ