जनकपुरमा पनि कांग्रेसका बागी मनोज साहले उम्मेदवारी फिर्ता लिएनन्


काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता मनोज साहले उम्मेदवारी कायमै राखेका छन् ।

निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् । कांग्रेस नेताहरूको निरन्तरको दबाबका बीच साहले उम्मेदवारी फिर्ता लिन नमानेका हुन् ।

कांग्रेसले उम्मेदवारी फिर्ता लिन नमान्ने पार्टीका नेता कार्यकर्तालाई स्वतः निष्कासन गर्ने जनाइसकेको छ । साहले जनकपुर उपमहानगर समितिको कांग्रेस सभापतिको पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए ।

चुनावी तालमेलका क्रममा जनकपुरको प्रमुखमा कांग्रेसले जसपालाई समर्थन गरेको छ ।

प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ