लालबन्दीमा निर्वाचन अधिकृतको कार्यालय अगाडि कांग्रेस कार्यकर्ताद्वारा नारावाजी


सर्लाही । सर्लाहीको लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

नगरपालिकामा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि कांग्रेसको तर्फबाट मेयर पदको उम्मेद्वारी दिएका बासुदेव अधिकारीको उम्मेद्वारी फिर्ता भएपछि नेता कार्यकर्ताले नारावाजी गरेका हुन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच बजेपछि अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी पत्र पठाएको मान्य नहुने भन्दै कांग्रेसका नेता कार्यकर्ता त्यसको विरोधमा नाराबाजीमा उत्रिएका हुन् ।

उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट शुक्रबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको र उम्मेदवारी फिर्ता लिने समय सकिसकेको भन्दै सो पत्रलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर नाराबाजी गरिरहेका हुन् ।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार बासुदेव अधिकारीको नाम उल्लेख गरेको थियो। तर प्रधानमन्त्री देउवाले नै उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएपछि अन्योलता सिर्जना भएको छ ।

शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ । मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ ।

प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार २१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ