जनकपुरमा काँग्रेसको खाता खुल्यो, दलित महिला सदस्यमा रिपु निर्विरोध


धनुषा । जनकपुरधाम उपमहानगरपालिका ५ को वडा सदस्यमा नेपाली कांग्रेसकी एक दलित महिला निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी रिपु कुमारी दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । उनको ठाउँमा उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको बताइएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपु कुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रकाशित : २०७९ बैशाख १८, आईतवार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ