Breaking- राजु अर्याल बने सशस्त्रको नयाँ आईजीपी


काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् । केसी चैतको अन्तिम सातामात्र आईजीपीमा बढुवा भएका थिए । उनले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् ।

केसीलाई आईजीपी बनाएपछि रिक्त एआईजीमा अर्याललाई बढुवा गरिएको थियो । उनी डीआईजीमध्ये वरीयतामा पहिलो नम्बरमा थिए । अर्यालले २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए ।

२०५८ सालमा शसस्त्र प्रहरी बल स्थापना भएपछि उनी एक दर्जा बढुवा भएर त्यहाँ समायोजन भएका हुन् । अर्यालले आईजीपीको चार वर्षे कार्यकाल पूरा गर्नेछन् । यसअघि शैलेन्द्र खनालले पनि चार वर्षे कार्यकाल पूरा गरेका थिए ।

प्रकाशित : २०७९ बैशाख १८, आईतवार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ