दुःखद खबर : दलित महिला उम्मेदवारको मृत्यु


रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार कुसुमी पासिनको मृत्यु भएको छ।

मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले यसबारे निर्वाचन आयोगमा जानकारी गराइसकेको र अब अगाडिको प्रक्रिया थाल्ने जनाएका हुन् ।

उनले सम्बन्धित वडाको सोही पदको लागि पुनः मनोनयन गरिए पनि निर्वाचनको मिति भने परिवर्तन नहुने जानकारी दिए ।

प्रकाशित : २०७९ बैशाख १८, आईतवार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ