जनकपुर : वडाध्यक्ष उम्मेदवारको बुवामाथि आक्रमण, जसपा कार्यकर्तामाथि आरोप


जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा एक उम्मेदवारका बुवामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।

कमला नगरपालिका १ का नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको हो । उनको टाउँकोमा हति- यार प्रहार गरिएको छ ।

घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा रहेका व्यक्तिहरु हति-यार प्रहार गरी गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।

आक्रमणमा संलग्न व्यक्तिहरु जसपाको रहेको उनको आरोप छ । उनले घटनामा संलग्न व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले अपरिचित व्यक्तिहरुले यादवलाई कुट- पिट गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

प्रकाशित : २०७९ बैशाख २२, बिहीबार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ