रौतहटका सिडिओ नै गठबन्धनसँग मिलेको एमालेको आरोप, निलम्बन गर्न माग


काठमाडौं । रौतहट एमालेले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्ण बहादुर शाहीलाई निलम्बन गर्न सरकारसँग माग गरेको छ ।

मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणमा समेत गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाउँदै एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले विज्ञप्ति जारी गरेर सिडिओलाई निलम्बनको माग गरेका हुन् ।

गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवीत बनाएको आरोप लगाउँदै विज्ञप्तिमार्फत अध्यक्ष साहले ‘सिडिओ कांग्रेसको कठपुतली’ भएको भन्दै खेद प्रकट गरेका छन् ।

सिडिओसँगै केही कर्मचारीले गठबन्धनसँग साँठगाँठ गरी वातावरण त्रासद बनाएको भन्दै साहले सरकारसँगै निर्वाचन आयोगसमक्ष निलम्बनको माग गरेका हुन् ।

चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न सिडिओले अनेक हर्कत गरेको रौतहट एमालेको ठहर छ ।

प्रकाशित : २०७९ बैशाख २२, बिहीबार १३:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ