कांग्रेसले मेयर नजित्ने नगरपालिकामा पैसा नपठाउने आरजु राणाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी छन् ।

उनले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी हुन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस बिपीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

उनले कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गरिन् । ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं,’ उनले भनिन्, ‘यो कुरा ध्यान दिएर करूवा सरूवा पार्टीलाई भोट नहाल्नुस् ।’

कांग्रेस बिपीको चुनाव चिन्ह करूवा छ । कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ ।

प्रकाशित : २०७९ बैशाख २२, बिहीबार १९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ