पर्सामा गो’ली चल्याे


वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका १ औरहामा गएराति करिब ९ बजे गो- ली चलेको छ ।

स्थानीयले दुई राउण्ड गो- लीको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गो- लीको अगाडिको भागले लागेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गो- ली कसले र किन चलायो भन्ने नखुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : २०७९ बैशाख २३, शुक्रबार ०६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ