गठबन्धन विरुद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उमेदवारी दिनेलाई पार्टीमा कुनै स्थान नरहेको बताए ।

‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धनविरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उमेदवारी दिनु सह्य हुने छैन,’ उनले भने, ‘समय अनुसार कारबाही हुन्छ । कतिलाई केन्द्रीय कमिटीले कारबाही गरिसक्यो ।’

नागरिकता समस्या समाधान गर्न सरकार गम्भीर रहेको र नागरिकताबाट कुनै पनि नागरिक बञ्चित नरहने उनले बताए । नागरिकता पाएका आमा बुवाको छोराछोरीले नागरिकता पाउने उनले आश्वासन दिए ।

‘प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश प्रवृतिलाई अन्त्य गर्न गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ,’ उनले भने ।

प्रकाशित : २०७९ बैशाख २४, शनिबार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ